कांग्रेसले संविधान संशोधनका निम्ति सबै दलसँग सहकार्य गर्ने

चितवन - नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले देशलाई स्थिरता र विकास दिनका लागि अहिलेको सरकार बनेको बताएका छन् । दुई ठूला दल मिलेर बनेको सरकारले देशमा राजनीतिक स्थिरतासँगै विकास निर्माणमा जोड दिने उनले विश्वास व्यक्त गरे ।
आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उनले दुई ठूला दलको नेतृत्वमा बनेको सरकारले राजनैतिक स्थायित्वसँगै विकास निर्माणका लागि काम गर्नुपर्ने बताए । उनले भने, “अहिले नै सरकार परिवर्तन हुन्छ भन्ने मलाई लाग्दैन ।” अब नेपालको विकासका लागि स्थिर सरकार दिएर अघि बढ्नुपर्ने उनले बताए ।
स्थिर सरकारबाट मात्रै विकासका काम अघि बढ्ने उनको भनाइ छ । संविधान संशोधनका लागि सबै दलसँग सहकार्य गर्दै अघि बढ्न कांग्रेस तयार रहेको उल्लेख गर्दै उनले विपक्षी दलहरूसँग समेत छलफल भइरहेको बताए । संविधान परिवर्तन गर्दा कुन बुँदामा गर्ने हो स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया