कांग्रेसको दाङ जिल्ला सभापति बन्न आघा दर्जन आकांक्षी

बुटवल : नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जिल्लामा पनि चुनावी सरगर्मी बढेको छ । उमेद्वारका आकाक्षींले विभिन्न माध्यमबाट कार्यकर्ताहरूसँग भेटघाट र छलफल अघि बढाएका छन् ।
दाङमा जिल्ला नेतृत्वका लागि केन्द्रीय गुटगत समूहहरू पनि उम्मेद्वारका रुपमा खुल्दै गएका छन् । कुनै बेला दाङ जिल्ला कांग्रेस नेता खुमबहादुर खड्काको जिल्लाका रूपमा पनि चर्चा हुने गर्दथ्यो । नेता खड्कोको निधनपछि दाङमा समूहगत समीकरणमा फेरबदल आएको छ ।
यस पटक जिल्ला नेतृत्वका लागि आघा दर्जन भन्दा बढी आकांक्षी देखिएका छन् भने केही पर्ख र हेरको अवस्थामा रहेका छन् । अघिल्लो अधिवेशनमा थोरै मतले सभापतिमा पराजित कमलकिशोर घिमिरे यसपालिका पनि बलियो प्रतिस्पर्धीका रूपमा देखिएका छन् । निरन्तर पार्टिको विभिन्न जिम्मेवारीमा रहदै आएका घिमिरे पहिला खुमबहादुर खड्का विरोधी समूहमा थिए । अहिले उनी संस्थापनमा छन् । उनलाई भर्खरै मात्र देउवा निकट नेता एनपी साउद संयोजक रहेको शुभेच्छुक संस्था समन्वय विभागको लुम्बिनी प्रदेश संयोजमा मनोनित गरिएको छ ।
कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीसँग पनि घिमिरेका दाजु कृष्णकिशोर घिमिरेको प्रभाव, युवा पिंढीको प्रतिनिधित्व पनि गर्ने भएकाले उनलाई सबैले बलियो उम्मेदारका रूपमा हेरेका छन् । उनी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग प्रदेशसभामा निर्वाचन लडेका थिए ।
घिमिरेसंगै देउवा समूहबाट भूपबहादुर डाँगी पनि आकांक्षी हुन् । दुईपटक क्षेत्रीय सभापति भइसकेका डाँगी घोराही उपमहानगरपालिकामा नरुलाल चौधरीसँग पराजित भएका थिए ।
त्यसैगरी वरिष्ठ नेता पौडेल समूहबाट अहिलेका सचिव शंकरप्रसाद डाँगी र नेता खगराज पाण्डे पनि जिल्लामा पार्टीको नेतृत्व लिन आकांक्षा देखाइरहेका छन् । यसैगरी जिल्ला नेतृत्वको लागि जानकीलाल बस्नेत, बुद्धिराम भण्डारी, भरत न्यौपानेले पनि आकांक्षा देखाएका छन् ।
कांग्रेसको महाधिवेशन आउँदो भदौ १६ देखि १९ गते तोकिएको छ । साउन १२ गते वडा अधिवेशन र साउन २६ मा जिल्ला अधिवेशन तोकिएको छ । क्रियाशील सदस्यको आधारमा वडा अधिवेशनबाट चुनिने क्षेत्रीय प्रतिनिधिहरूले जिल्ला सभापतिसहितको नेतृत्व चयन गर्ने प्रावधान छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया