ट्रम्पको सपथ ग्रहण : ३६ माइलसम्म सुरक्षा निगरानी, २५ हजार सुरक्षाकर्मी तैनाथ

वासिंगटन डिसी- अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अमेरिकी राष्ट्रपतिको सपथ लिएका छन । उनको सपथ ग्रहण समारोहमा विभिन्न देशका नेता तथा उद्योगी सहभागी भएका थिए । जसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।
समाचार अनुसार ट्रम्पको सपथ ग्रहणका लागि अमेरिकी सुरक्षा निकायले ३६ माइलको सुरक्षा घेरा बनाएको थियो, जसमा २५ हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरियो भने ८ सय राष्ट्रिय गार्डहरू पनि रहेका थिए ।
चुनावी अभियानका क्रममा डोनाल्ड ट्रम्पमाथि दुई पटक घातक हमला भएको थियो । यसैलाई ध्यानमा राख्दै गोप्य सेवा र अन्य सुरक्षा निकायहरू सबै सम्भावनाका लागि तयार पारिएको थियो । ड्रोन आक्रमण, रासायनिक आक्रमण र रकेट लन्चर आक्रमणजस्ता कुनै पनि आक्रमणलाई विफल पार्न कडा व्यवस्था गरिएको थियो ।
विश्वकै शक्तिशाली राष्ट्रका नेताको सपथ ग्रहण समारोहमा कुनै अप्रिय घटना नहोस् भनेर जमिन देखि आकाशसम्म निगरानी गरिएको थियो भने सपथ ग्रहण समारोहमा जाने क्रममा र सपथ ग्रहण पछि ह्वाइट हाउससम्मका सबै सडक सिल गरियो ।
सपथ लिनुअघि नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया वासिङ्टनको लाफायेट स्क्वायरस्थित सेन्ट जोन्स एपिस्कोपल चर्च पुगेका थिए भने ट्रम्पले सपथ लिनुअघि रुसी राष्ट्रपति पुटिनले सुरक्षा परिषद्सँग भेट गरेका थिए ।

लाहोरबाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि...

इमरान खानलाई छुटाउन पाकिस्तानी विपक्षी दलले अगस्ट ५ मा आन्दोलन गर्ने

इजरायली हमलाबाट इरानी राष्ट्रपति घाइते भएको खुलासा

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्ने : इर…

बालुवा, धुलोको आँधीले विश्वव्यापी ३३ करोड मानिसमा असर, वार्षिक ७० लाखको अका…

अमेरिकी करप्रति युरोपेली संघको जवाफी कदम अस्थायी रूपमा स्थगित, सम्झौताको प्रय…

यमनमा पुनः फैलिँदै पोलियो, खोप अभियान सुरु

प्रतिक्रिया