सरकार निरंकुशतातर्फ अघि बढ्यो - महासचिव गुरुङ

काठमाडौं - नेकपा माओवादीका महासचिव देव गुरुङले सरकार निरंकुशतातर्फ अघि बढेको बताएका छन् ।
पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे काठमाडौंमा पत्रकार सम्मेलन गरेर सरकारले अलोकतान्त्रिक शैलीमा अध्यादेश ल्याएको भन्दै महासचिव गुरुङले आपत्ति जनाए । उनले सरकारले मुलुकको लोकतान्त्रिक विधि र पद्धतिलाई उलंघन गर्दै अध्यादेश जारी गरेको जिकिर गरे ।
उनले अहिले संसद नबोलाएर अध्यादेश ल्याउनुपर्ने कुनै कारण नभएको भन्दै कुनै पनि बहानामा सदन छल्ने कुरा स्वीकार्य नहुने बताए । उनले सदनमा विचाराधिन अवस्थामा रहेको विधेयकका बारेमा सरकारले अध्यादेश ल्याउन पाउँछ की पाउँदैन भन्दै प्रश्न गरे । महासिचव गुरुङले गिरीबन्धु टि—स्टेटको जग्गा प्रकरणबारे प्रश्न उठिरहेको बेलामा ल्याइएको भूमिसम्बन्धी अध्यादेशले सरकारको नियतमा शंका पैदा भएको बताए ।
उनले पछिल्लो समय भ्रष्टहरूलाई संरक्षण गर्ने र बचाउने काममा सरकार लागेको आरोप समेत लगाए । सुशासन र मुलुकको स्वाधीनताको रक्षाका लागि पक्ष र विपक्ष दुवै एक ढिक्का भएर जानुको विकल्प नभएको उनको भनाइ थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया