यु–१९ महिला विश्वकप क्रिकेट : नेपालद्वारा स्कटल्यान्डलाई ७४ रनको लक्ष्य

काठमाडौं - मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई जितका लागि ७४ रनको लक्ष्य दिएको छ ।
मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ गर्दै १८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर ७३ रन बनायो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । उनले ४३ बलमा तीन चौका हिर्काइन् । यसैगरी सावित्री धामीले १० रन बनाइन् । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
बलिङतर्फ स्कटल्यान्डका लागि मैसी म्याकिरा एक्लैले पाँच विकेट लिइन् । यस्तै अमी बलडाइ र नइमा शेखले दुई दुई तथा क्रिस्टी म्यायाकोलले एक विकेट लिइन् । स्कटल्यान्डले अहिले नेपालविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया