पौडेल समूहले समायोजन र क्रियाशील सदस्यतामा संस्थापनको बलजफ्ती नस्वीकार्ने

काठमाडौँ : नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अन्य पार्टीबाट आएकाहरूको संगठनमा समायोजन र क्रियाशील सदस्यता छानबिनबारे भइरहेका गतिविधिबारे जानकारी लिएको छ । आफ्नो समूहबाट दुवै समूहमा सहभागी नेताहरूलाई बोलाएर पौडेलसहितका नेताहरूले जानकारी लिएका हुन् । छलफल बत्तिसपुतलीको एक होटलमा भएको थियो ।
अन्य पार्टीबाट आएका नेता कार्यकर्ता पार्टीमा समायोजन गर्न बनाइएको उपसभापति विमलेन्द्र निधि नेतृत्वको समितिमा समूहबाट दीपक गिरी र दीलेन्द्रप्रसाद बडू सदस्य छन् । रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिमा समूहबाट जीवन परियार, प्रदीप पौडेल र कल्याण गुरुङ सदस्य छन् ।
छलफलमा दुवै समितिका सदस्यहरूले अहिलेसम्म भएका क्रियाकलापबारे नेताहरूलाई जानकारी गराएका थिए ।
नेता पौडेलले समायोजनका नाममा प्रक्रिया नपुर्याइ क्रियाशील सदस्यता वितरण गरेको भन्दै आपत्ति जनाएका छन् । समायोजन समितिका संयोजक उपसभापति निधिलाई १४ असारमा आफ्नै निवास बोहोराटारमा बोलाएर पौडेलले प्रक्रिया पुर्याएर मात्रै पार्टीमा अन्य पार्टीबाट आएका नेता कार्यकर्तालाई भित्र्याउन सुझाएका थिए । त्यसपछि मात्रै महाधिवेनबारे अन्य कुरा गर्ने भन्दै पौडेलले सभापतिमा सहयोग माग्न गएका निधिलाई कुनै कुरा नगरी फर्काएका थिए ।
समिति सदस्यहरूले बैठकमा प्रक्रिया पुर्याएर भन्दा पनि बलजफ्तीका आधारमा टुंग्याउन संस्थापन लागिरहेको र आफूहरूले असहमति जनाइरहेको बताएका थिए । पौडेलसहितका नेताहरूले बलजफ्ती गरे जानकारी गराउन र सहमति नजनाउन निर्देशन दिएका थिए ।
छलफलमा पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसी डा. शेखर कोइरालालगायत नेताहरू थिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया