हिमालयन बैंकको दोस्रो त्रैमासमा १ अर्ब बढी कमायाे
काठमाडौं- हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यस बैंकले १ अर्ब ५० करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ९५ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी १० प्रतिशत भन्दा धेरैले घटेपछि नाफा वृद्धि कमजोर भएको हो । बैंकले यस अवधिमा ५ अर्ब २३ करोड ५६ लाख खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको यसै अवधिको भन्दा १०.०४ प्रतिशतले कम हो । गत आवको पुस मसान्तसम्म बैंकले ५ अर्ब ८२ करोड खुद ब्याज आम्दानी गरेको थियो ।
त्यसैगरी, सञ्चालन नाफा २ अर्ब २१ करोडबाट बढेर ३ अर्ब १२ करोड पुगेको छ । खुद ब्याज आम्दानी घटे पनि बैंकको इम्पेयरमेन्ट चार्ज उच्च दरले घटेका कारण सञ्चालन नाफामा सुधार आएको छ । यसकारण बैंकको खुद नाफा बढ्न सकेको हो । बैंकको सञ्चालन मुनाफा ४१.२२ प्रतिशत बढेको छ ।
बैंकको इम्पेयरमेन्ट चार्ज भने १ अर्ब ९४ करोडबाट घटेर १८ करोड ४६ लाखमा झरेको छ । हिमालयनको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा २० अर्ब ४३ करोड रुपैयाँ जम्मा रहेको छ । पुस मसान्तसम्ममा बैंकले २ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको खराब कर्जा दर ४.९५ प्रतिशत बढेर ४.९८ प्रतिशतमा पुगेको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३ पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ १७६.११ रुपैयाँ छ ।

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_zfxiF09pxY_ir9dyaewv7gkzoypu38nyimmsamylbb58gpwx8ktvjsw3uuitymfcmwy2gnl.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आइएफसी र इयूको साझेद…

प्रतिक्रिया