सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध निगमको कार्यालय बाहिर क्रान्तिकारीको प्रदर्शन

काठमाडौँ : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा मोहन वैध निकट नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्‍वियू क्रान्तिकारीले काठमाडौंमा विरोध प्रदर्शनगरेको छ । बबरमहलस्थित नेपाल आयल निगमको कार्यालय बाहिर अखिल क्रान्तिकारीले मूल्यवृद्धि फिर्ता हुनुपर्ने मागसहित प्रदर्शन गरेको हो । 

पछिल्लो समय निषेधाज्ञाबीच निगमले धेरैपटक पेट्रोलियम पदार्थको मूल्य बढाउँदै आएको उनीहरूको आरोप छ । निषेधाज्ञाको समयमा जीविकोपार्जन ठप्प रहेको बेला मूल्यवृद्धिले जनताको जनजिवन कष्ठकर बनेको अध्‍यक्ष हरिकृष्‍ण गजुरेलले बताए । असार २२ गते मंगलबार निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको थियो ।