कराते प्रतियोगितामा चौतारा पहिलो

सिन्धुपाल्चोक- नेपाल गोजु–रियो कराते–दो सङ्घ शाखा डोजो मेलम्चीको आयोजनामा भएको राष्ट्रिय खुला कराँते प्रतियोगिता मेलम्चीमा सम्पन्न भएको छ । प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका सिन्धुपाल्चोक १९ स्वर्ण, सात रजत र १३ कास्यसहित पहिलो भएको छ ।
यस्तै एभरेष्ट मार्सल आर्ट काठमाडौँ पाँच स्वर्ण, पाँच रजत र तीन काश्यसहित दोस्रो भएको प्रतियोगिता आयोजक समितिका संयोजक एवं नेपाल गोजु–रियो कराँते–दो सङ्घका केन्द्रीय सचिव सानुबाबु गिरीले जानकारी दिए । पाँच स्वर्ण, एक रजत र एक काश्य प्राप्त गरेको शङ्खडोल डोजो गोकर्णेस्वर नगरपालिका, काठमाडौँ तेस्रो भएको छ ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । प्रतियोगिताको शुक्रबार बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले उद्घाटन गरेका थिए ।

मण्डनदेउपुरका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन न…
कृषि अनुसन्धानः मनहरीमा चैतेधान परीक्षण

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

यातायात कार्यालयद्वारा ४५ करोड राजस्व संकलन

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

काभ्रे–कोशीपूर्वको सडक १५ वर्षपछि पक्की

प्रतिक्रिया