सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

एमाले कार्यदलको बैठक साँझ पुन: बस्‍नेगरी स्थगित

काठमाडौँ : सत्तारुढ नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलको बैठक साँझ सात बजेसम्मका लागि स्थगित भएको छ । सिंहरबारमा आज केही बेर छलफल गरेपछि साँझ सात बजेसम्मका लागि बैठक स्थगित भएको कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिए । ‘साँझ सात बजेसम्मका लागि कार्यदलको बैठक स्थगित गरिएको छ,’ नेम्वाङले भने, ‘सात बजे फेरि बस्ने छ । छलफल जारी छ र सकारात्मक छ ।’

हिजो साँझ एमाले अध्यक्ष केपी ओली र नेता माधव नेपालबीच छलफल भएको थियो । ओली–नेपाल छलफल अघि बुधबार पनि कार्यदल बैठक बसेको थियो । कार्यदलकोबैठक सोमबारदेखि निरन्तर बसिरहेको छ । 

एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा अध्यक्ष केपी ओली समूहबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । यता नेपाल समूहबाट भीम रावलको संयोजकत्वमा, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।