मधेश केन्द्रित दलहरूले मनाए १८ औं ‘बलिदानी दिवस’

काठमाडौं - मधेश आन्दोलनको पहिलो शहीद रमेश महतोको सम्झनामा मधेश केन्द्रित दलहरूले १८ औं ‘बलिदानी दिवस’ मनाएका छन् ।
२०६३ साल माघ ५ गते मधेश आन्दोलनका क्रममा पहिलो पटक सिराहाको लहानमा रमेश महतो शहीद भएका थिए । प्रहरीको गोली लागेर मृत्यु भएपछि मधेशभर आन्दोलन चर्किएको थियो । यसै दिनलाई मधेश प्रदेश सरकार लगायत मधेश केन्द्रित दलहरूले बलिदानी दिवसका रूपमा मनाउँदै आएका छन् ।
१८ औं ‘बलिदानी दिवस’का अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले पार्टी कार्यालय बबरमहलमा मधेश आन्दोलनमा शहीद भाकाहरूको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेको थियो । सो क्रममा लोसपा नेपालका उपाध्यक्ष श्याम गुप्ताले मधेश आन्दोदनमा आहुति दिएकाहरूको सपना अझै पुरा हुन नसकेको बताए । उनले मधेशी जनताको माग पुरा हुने गरि अव संविधान संशोधन हुनुपर्नेमा जोड दिए ।
गुप्ताले मधेश देशको मेरुदण्ड भएपनि सधै उपेक्षित रहनुपरेकाले अब मधेशका आवाजलाई राज्यले सम्बोधन गर्ने बेला आएको धारणा राखे । लहानस्थित पूर्वपश्चिम राजमार्गमै पहिलो शहीद महतोसहितको शालिक निर्माण समेत गरिएको छ ।

२१ वटा सामाजिक सञ्जालका एकाउन्टबाट ठगी गर्ने ७ जना पक्राउ

कतारबाट वैवाहिक जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

गणितको जादु : ‘अनम्याथ म्याथ टक’ कार्यक्रम हुने

सिड्स फर द फ्युचर, २०२५’को आवेदन खुला, उत्कृष्ट विद्यार्थी चिनमा हुने कार्यक्रमम…

वि. पी. स्मृति अस्पतालको फोहर रोक्का गरेर जरिवानाको पत्र : हानीकारक फोहर व्यव…

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

जगद्गुरु शंकराचार्य श्री विदुशेखर भारती महास्वामीजीको नेपाल आउँदै

प्रतिक्रिया