युनियन लाइफको आइपिओ खुल्यो

काठमाडौँ : युनियन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आइपिओ) निष्काशन भएको छ । कम्पनीले जारी पुँजीको ३० प्रतिशत आइपिओ जारी गरेको हो ।
कम्पनीको जारी पुँजी दुई अर्ब १५ करोड रुपैयाँ छ । ६४ लाख ५० हजार कित्ता निष्काशन गरेको हो । जसको पाँच प्रतिशत कर्मचारीका लागि छुट्याइएको छ । तीन लाख २२ हजार पाँच सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको कम्पनीले जानकारी दिएको छ । बाँकी ५८ लाख पाँच हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो ।
आर्थिक वर्ष २०७६/७७ को अपरिष्कृत वित्तीय विवरण अनुसार प्रति सेयर नेटवर्थ १४८.४६ रुपैयाँ छ । चालु आर्थिक वर्षमा प्रति सेयर नेटवर्थ १३७ रुपैयाँ पुग्ने प्रक्षेपण छ । असार २८ गतेसम्म आइपिओ भर्न सकिने कम्पनीले जानकारी दिएको छ । बढीमा साउन ७ सम्म लम्बिनसक्ने उल्लेख छ ।

‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता (पीपीए) नीति हटाउने निर्णय भएसँगै आन्दोलन …

'नेपाल म्याङ्गो फेस्ट– २०२५' हुँदै

उदयपुरका आठ पालिकामा छ अर्ब ६२ करोड बजेट

११ महिनामा ९२ करोड राजस्व सङ्कलन

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कालीकोटका नौवटै पालिकाको बजेट करिब चार अर्ब

गभर्नर पौडेलको सम्पत्ति विवरणः सात कम्पनीमा शेयर लगानी

प्रतिक्रिया