कोरोनाले उद्योगी अग्रवालको निधन

झापा : कोभिड-१९ सङ्क्रमणका कारण जिल्लाका पुराना तथा दर्जनौँ उद्योगका सञ्चालक पर्शुराम अग्रवालको निधन भएको छ । भद्रपुर नगरपालिका-५ निवासी उद्योगपति ६२ वर्षीय अग्रवालको उपचारकै क्रममा भारतको सिलिगुडीस्थित महाराजा अग्रसेन नर्सिङहोममा बुधबार राति निधन भएको हो ।
उनको शवलाई आज बिहान भद्रपुर ल्याएर नेपाल स्काउटको टोलीले दाहसंस्कार गरेको परिवारले जनाएको छ । केही समयअघि स्वास्थ्यमा समस्या आएपछि मेची अस्पतालमा उनको पिसिआर परीक्षण गराइएको थियो । गत जेठ ३१ गते अग्रवाललाई कोरोना सङ्क्रमण पुष्टि भएसँगै होमआइसोलेशनमा बसेर उपचार भइरहेको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि उनलाई यही असार ४ गते सिलिगुडी लगिएको थियो । उपचारकै क्रममा नर्सिङहोममा उनको निधन भएको हो ।
विसं २०१६ मा जन्मिएका अग्रवालले भद्रपुरमै बसेर व्यापार व्यवसाय सञ्चालन गर्दै आएका थिए । शुरुमा घरमै ‘घडी बिडी’को उद्योग स्थापना गरेका उनले हाल मनसा सिमेन्ट उद्योग, मगमग चाउचाउ, ग्यालेक्सी इन्टरनेशनल स्कूल, गुट्खा उद्योग, घडी बिडी उद्योग, होटल, सिनेमा हललगायत सञ्चालन गर्दै आएका छन् ।
मोहपाल धर्मशाला, भद्रपुर मारवाडी सङ्घ, भद्रपुर गौशाला र जिल्लाका विभिन्न मठमन्दिर बनाउन अग्रवालको ठूलो योगदान रहेको पत्रकार गोपाल गिरी बताउँछन् । अन्य जिल्लामा कोभिड-१९ को सङ्क्रमणसँगै मृत्युको दर घटे पनि झापामा भने दैनिक कोरोना सङ्क्रमणकै कारण तीनदेखि चार जनाको मृत्यु भइरहेको छ । रासस
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_DgGpCB1k8d_ei18a2vyhgbvgczwy4kfpsocvlcf71zqlfngzhuitfl8qbu60y9fjbm89jos.jpg)
प्रतिक्रिया