नेसनल फिल्म आर्काइभमा आमिर खानको ‘पिके’

मुम्बई : आमिर खानको ‘पिके’ नेसनल फिल्म आर्काइभ अफ इन्डियामा राखिएको छ । फिल्मका निर्देशक राजकुमार हिरानीले मंगलबार फिल्मको रिल आर्काइभलाई हस्तान्तरण गरेका थिए ।
‘पिके’ भारतमा सेल्युलोइडमा खिचिएको अन्तिम फिल्ममध्ये एक हो । २०१३ देखि भारत पूर्णतया डिजिटल फम्र्याटमा गएको हो । मंगलबार हिरानीले फिल्मको नेगेटिभसँगै ३ सय रिल पनि आर्काइभका अध्यक्ष प्रकाश मकदमलाई हस्तान्तरण गरेका थिए ।
हिरानीको निर्देशनसँगै लेखन र सम्पादन पनि रहेको फिल्मलाई विधुविनोद चोपडाले निर्माण गरेका हुन् । झुक्किएर पृथ्वीमा छुटेको एलियनको माध्यमबाट धर्म र राजीतिलाई प्रहार गर्ने यो फिल्ममा आमिर खानले एलियनको भूमिका निर्वाह गरेका छन् ।
हिरानी निर्देशित अघिल्ला फिल्म पनि आर्काइभको संरक्षणमा छन् । हिरानी निर्देशित ‘मुन्नाभाइ एमबीबीएस’, ‘लग रहो मुन्नाभाइ’, ‘थ्री इडियट्स’ पनि आर्काइभमा संग्रहित छन् ।
फिल्ममा सञ्जय दत्त, अनुष्का शर्मा र दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको पनि अभिनय रहेको छ । हिरानी पछिल्लो समय शाहरुख खानलाई लिएर फिल्म बनाउने तयारी गरिरहेका छन् । तर, यो फिल्मको विस्तुत जानकारी अहिलेसम्म बाहिर आइसकेको भने छैन ।

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनकाे काराेबार

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

प्रतिक्रिया