सरकार पूर्णरुपमा असफल भइसक्यो - अध्यक्ष नेपाल

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको टिप्पणी गरेका छन् ।
शुक्रबार संसद भवन बानेश्वरमा बसेको विपक्षी दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सरकारले अलोकतान्त्रीक काम गरेको भन्दै वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको टिप्पणी गरेका हुन् ।
संविधान संशोधनका लागि भन्दै रातारात सरकार परिवर्तन गर्ने र अहिले २०८७ मा मात्रै संशोधन हुन्छ भन्ने अभिव्यक्तिको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनले बताए । उनले संविधान संशोधनका लागि मात्रै २०८७ सम्म प्रधानमन्त्री केपी ओलीलाई टिकाउन नसकिने स्पष्ट पारे ।
अध्यक्ष नेपालले सरकार परिवर्तन मुख्य चासोको विषय नभएको र आफूहरूले जनताको चासोलाई उजागर गर्न मात्र खोजेको तर्क गरे । सरकारले सदनलाई बेवास्ता गरि मनपरि ढंगले आग्रह पूवाग्रहका साथ चल्न थाले सडक र सदनबाट सशक्त संघर्ष गर्ने उनले बताए ।
उनले विपक्षी दलले जनता र राष्ट्रलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्ने र सरकारको गलत कामको जनतामाझ नांगेझार बनाउने धारणा राखे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया