आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

विश्वमणी सुवेदीलाई साधारण सदस्य नै नरहने गरी निष्कासित

काठमाडौं - नेकपा एस निकट पत्रकारको संस्था नेपाल समाजवादी प्रेस संगठनले अध्यक्ष विश्वमणी सुवेदीलाई निष्कासन गरेको छ ।

आज मात्रै नेकपा एमाले निकट प्रेस चौतारीमा प्रवेश गरेका सुवेदीलाई निष्कासन गरिएका वरिष्ठ उपाध्यक्ष नवराज छत्कुलीले जानकारी दिएका छन्।

‘संगठनका अध्यक्ष विश्वमणी सुवेदीले लामो समयसम्म संगठनको बैठकसमेत नबसाएको, नेपाल पत्रकार महासंघको निर्वाचनमा संगठनका उम्मेदवार विरुद्ध लागेको, संगठनको रकम आफूखुसी हिनामिना गरेको, संगठनको केन्द्रीय कार्यालय बन्द गरी संगठनको विरुद्ध निरन्तर गतिविधि गरिरहेको हुनाले विधानको धारा ७.१ को (ग) बमोजिम साधारण सदस्यसमते नरहने गरी निष्कासन गरिएको जानकारी गराइन्छ’ छत्कुलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।