सैफ अली खानमाथि हमला 'गर्ने' संदिग्ध पक्राउ

मुम्बई- मुम्बईको बान्द्रा प्रहरीले अभिनेता सैफ अली खान माथी शुक्रबार भएको हमालमा संलग्न एक संदिग्धलाई पक्राउ गरेको छ ।
प्रहरीले उनीसँग सोधपुछ गरिरहेको जनाइएको छ । उनलाई बान्द्रा प्रहरी चौकीमा लगिएको छ । तर, प्रहरीले उनको पक्राउका बारेमा कुनै जानकारी दिएको छैन ।
प्रहरीका अनुसार आक्रमणपछि संदिग्ध व्यक्ति बान्द्रा रेलवे स्टेशन नजिकैको सीसीटीभीमा देखिएको थियो। उनलाई यही क्षेत्रबाट पक्राउ गरिएको हो । संदिग्ध व्यक्ति १५ जनवरी बिहान २ः३० बजे सैफको घरको छैठौं तलाबाट तल झरेको देखियो।
यस आक्रमणमा अभिनेताको घाँटी, ढाड, हात र टाउको सहित ६ स्थानमा छुरा प्रहार गरिएको थियो । लिलावती अस्पतालका सीओओ डा नीरज उत्तमानीले सैफको मेरुदण्डमा चक्कुको टुक्रा अड्किएको र तरल पदार्थ पनि निस्किरहेको बताएका थिए । उनको शल्यक्रिया गरेर निकालिएको छ । यो भागलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
बान्द्रा प्रहरीले आक्रमणकारीको खोजीका लागि १० टोली बनाएको थियो । अपराध महाशाखाले घटनाको अनुसन्धानका लागि टोली समेत गठन गरेको छ । अनुसन्धानका लागि क्राइम ब्रान्च सैफको घरमा पनि पुगेको छ । टोलीमा इन्काउन्टर विशेषज्ञ दया नायक पनि रहेका छन् ।

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, 'आत्मिक प्रतिक्रियालाई शब्दम…

रेड २ बन्यो यो वर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

प्रतिक्रिया