आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ- नेपाली बजारमा शुक्रबार सुनको मूल्य १३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १३ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँ कायम छ । 

यसअघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार एक हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला एक हजार ८९० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।