विद्युत् उत्पादन कम्पनी : दुई जलविद्युत् आयोजना निर्माणका लागि लगानी जुटाउने प्रक्रिया रद्द

काठमाडौँ- विद्युत् उत्पादन कम्पनी लिमिटेडले साढे ५ खर्ब लागतका दुई जलविद्युत् आयोजना निर्माणका लागि लगानी जुटाउने प्रक्रिया रद्द गरेको छ ।
गत मंसिर २३ गते राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरेको वित्तीय लगानी आह्वान गरेको २ जलविद्युत् आयोजनाको आशयपत्रसम्बन्धी प्रक्रिया रद्द गरेको हो । कम्पनीले किमाथांका अरुण जलविद्युत् आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि लगानी जुटाउने उद्देश्यले आह्वान गरिएको आशयपत्रको प्रक्रिया रद्द गरेको जनाएको छ । बिहीबार बसेको कम्पनीको सञ्चालक समितिले उक्त प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।
सरकारले किमाथांका अरुण जलविद्युत् आयोजना र मुगु कर्णाली जलासययुक्त जलविद्युत् आयोजना सार्वजनिक निजी साझेदारी ढाँचामा निमार्णका लागि लगानी जुटाउन गत मंसिर २३ गते राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरेर वित्तीय लगानी आह्वान गरेको थियो । यी २ आयोजनाको विद्युत् उत्पादन कुल क्षमता २३ सय ५६ मेगावाट रहेको छ । आयोजना निमार्णका लागि ५ खर्ब ५३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
किमाथांका अरुण अर्धजलासय आयोजनाको विद्युत् उत्पादन क्षमता ४ सय ५४ मेगावट रहेको र मुगु कर्णाली जलासययुक्त जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता १९ सय २ मेगावाट रहेको छ । यी दुई आयोजना बनाउन ५ खर्ब ५३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको हो ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया