एनआईसी एसियाको स्वामित्वमा रहेको तीन कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौँ- एनआईसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको १० लाख २ हजार ८८५ कित्ता सेयर लिलामी भर्ने शुक्रबार आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यो सेयरमा आवेदन दिन सकिनेछ । बैकले सूर्यज्योति लाइफ इन्स्योरेन्स, सूर्योदय वोमी लघुवित्त र नागरिक लगानी कोषको सेयर लिलामीमा ल्याएको हो ।
लिलामी आवेदन एनआईसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआईसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।
एनआईसी एसियाले पुस २५ गतेदेखि आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८ लाख ९३ हजार ८२५ कित्ता सेयर लिलामीमा ल्याएको थियो । यसमा लगानीकर्ताले न्यूनतम १५९ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।
यस्तै, बैंकले सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता सेयर लिलामीमा ल्याएको छ । यसमा लगानीकर्ताले न्यूनतम २५३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।
यसैगरी, बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर पनि लिलामीमा ल्याएको छ । यसमा लगानीकर्ताले न्यूनतम ७०३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । ३ वटै कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया