आरम्भ चौतारी लघुवित्तको माघ १४ गते सभा, सेयरधनीहरूको हात खाली हुने

काठमाडौँ- आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको माघ १४ गते वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले सेयरधनीहरुलाई लाभांस वितरण नगर्ने भएको छ । जसअनुरुप यसवर्षपनि सेयरधनीहरुको हात खाली रहने लघुवित्तले जनाएको छ । सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आरम्भ चौतारी लघुवित्तले यसपटक सेयरधनीलाई लाभांश भने नदिने भएको छ । यसर्थ, यसपटक पनि कम्पनीका सेयरधनीको हात खाली हुनेछ ।
आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । सभा, बनेपा पार्टी भेन्यु, बनेपा–८, काभ्रेपलाञ्चोकमा बिहान १० बजे सुरु हुनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले माघ २ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ १ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

वीरगञ्ज नाकाबाट मात्रै एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

युरो एकको खरिददर १५९ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

प्रतिक्रिया