यी हुन् इजरायल-हमासबीच सम्झौता गराउने कतारका ‘सुल्तान’

दोहा- विगत डेढ वर्षदेखि इजरायल र हमासबीच चलिरहेको युद्धको बीचमा बिहिवारको दिन निकै विशेष रहयो । इजरायल र हमासबीचको यो सम्झौताका लागि कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीको भूमिका सबैभन्दा महत्वपूर्ण मानिएको बताइएको छ ।
उनले यो सम्झौताका बारेमा विज्ञप्ति पनि दिएका छन् । उनले जारी विज्ञप्तिमा सबै कुरा ठीक भएमा र यो सम्झौता स्वीकृत भएमा आगामी आइतबारदेखि लागू हुने बताएका छन् ।
कतारका प्रधानमन्त्रीले आइतबारदेखि इजरायल र हमासबीचको युद्धविराम सम्झौता लागू हुने भन्दै १५ महिना लामो युद्ध अन्त्यको भएको घोषणा गरेका छन् । इजरायल र हमासले पनि यसको पुष्टि गरेका छन् ।
इजरायल र हमासबीचको यो सम्झौतामा कतारको ठूलो भूमिका रहेको बताइएको छ । यो किन पनि भने कतारका प्रधानमन्त्रीले इजरायल र हमासलाई सम्झौतामा ल्याउन सक्दो प्रयास गरेका थिए। कतारले मात्र यो सम्झौता गर्न सक्नेमा इजरायल विश्वस्त रहेको बताइएको छ । यो सम्झौताका शिल्पकार कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानी हुन्। यि तीनै व्यक्ति हुन, जसले दुवै देशलाई आफ्नो माटोमा राखेर युद्धबिरामका लागि छलफल गर्न बाध्य पार्यो । जसको शब्द बेन्जामिन नेतान्याहु आफैले पनि टार्न सकेनन्।
वास्तवमा इजरायल र हमास दुवैलाई कतारमा विश्वास थियो। कतार इजरायल, अमेरिका र हमाससँग सम्पर्क राख्ने देश हो। कतारको तीनै देशसँग राम्रो व्यापार सम्बन्ध छ तर इजरायल–हमास युद्ध रोक्न अरू धेरै देशले भूमिका खेलेका छन् । यी सबैको बावजुद कतारको भूमिका माथि छ । समाचार अनुसार युद्धविराम सम्झौताका सम्बन्धमा इजरायल र हमासबीच अन्तिम वार्ता जनवरी १४ मा कतारमा भएको थियो। शेख मोहम्मद बिन अब्दुल अल थानीले यो कुराकानीको आयोजना गरेका थिए।
युद्धविरामको घोषणा गर्दा कतारको विदेश मन्त्रालयले एक विज्ञप्तिमा कतार राज्य, अरब गणतन्त्र इजिप्ट र संयुक्त राज्य अमेरिकाले गाजामा द्वन्द्वका पक्षहरूले बन्धकहरूलाई रिहा गर्न र स्थायी शान्तिको बदलामा दिगो शान्तिमा फर्कन सहमत भएको घोषणा गरेको बताएको छ। बन्धकहरू र कैदीहरूका लागि सम्झौता गरेका छन् ।

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात बेपत्ता

अप्रिलमा पाकिस्तान र इरानबाट २ लाख ५० हजार बढी अफगानी शरणार्थीहरू घर फर्किए

ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

प्रतिक्रिया