आफ्ना मन्त्रीहरूलाई कांग्रेसको निर्देशन - एमालेसँग भएको सहमति अनुसार नै अघि बढ्नु

काठमाडौँ - नेपाली कांग्रेसले एमालेसँग भएको सहमति अनुसार नै अघि बढ्न आफ्नातर्फबाट मन्त्री भएकाहरूलाई निर्देशन दिएको छ ।
बिहीबार बूढानीलकण्ठमा बसेको संसदीय दलको कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकमा कांग्रेस सभापति शेर बहादुर देउवाले दुई पार्टीबीच कुनै समस्या नरहेको भन्दै सहमति अनुसार नै अघि बढ्न निर्देशन दिएका हुन् । बैठकमा सभापति देउवाले मुलुकमा सुशासन र आर्थिक समृद्धिका लागि कांग्रेस–एमालेबीच सहमतिका साथ सरकार गठन भएको र यसैमा केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिएका थिए ।
त्यस्तै सबै मन्त्रीले आ–आफ्नो मन्त्रालयमा भइरहेको कामका बारेमा जानकारी गराएका थिए । उनीहरूले एमालेसँग भएको समझदारी अनुसार अघि बढिरहेको धारणा राखेको गृहमन्त्री रमेश लेखकले बताए ।
बैठकले सांसद दिलेन्द्र बडुको संयोजकत्वमा संसदीय दल अनुशासन समिति गठन गर्ने निर्णय गरेको छ । संसदीय दलको विधान अनुसार प्रत्येक संसदीय समितिमा एक–एक जना संयोजक तोक्ने व्यवस्था अनुसार केही सांसदहरूलाई नियुक्त गर्ने निर्णय गरेको छ भने अदालतमा बहस गरेर निस्कने क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपातको निन्दा गरेको कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले जानकारी दिए ।
बैठकले सातामा दुइ दिन मन्त्रीहरूले खुला भेटघाट गर्ने, नागरिकको सुझाव लिने र बाँकी पाँच दिन मन्त्रालयको काममा केन्द्रित हुन निर्देशन दिएको घिमिरेले बताए ।
त्यस्तै बैठकले संसदीय समितिमा रहेका विधेयकहरूलाई छिटो पारित गर्न र संविधान कार्यान्वयनका लागि नयाँ विधेयकहरू ल्याउनका लागि सरकारको ध्यानाकर्षण गरेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया