हमास-इजरायल युद्धविराम आइतबार देखि लागू हुनेछः कतारका प्रधानमन्त्री

दोहा - इजरायल र हमास बीचको युद्धविराम आइतवार देखि लागू हुने भएको छ ।
कतारका प्रधानमन्त्री शेख खालिद बिन खलिफा बिन अब्दुलअजीज अल थानीका अनुसार आइतवार देखि युद्धविराम लागू हुने बितिकै गाजामा खाधान्न र स्वास्थ्य सामग्री लगायतका समान बोकेका ट्रकहरू प्रवेश गर्न थाल्नेछन् ।
उनका अनुसार सो क्रममा हमासले ३३ बन्धकहरूलाई रिहा गर्नेछ भने इजरायलले सयौं प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने जनाइएको छ ।
सो सहमति पछि इजरायली मन्त्रिपरिषद्ले अनुमोदन गर्ने गरी तयारी सुरू भएको इजरायली मिडियाले जनाएका छन् । कतार र अमेरिकाको पहलमा यो युद्धिवराम हुन लागेको हो ।
यो युद्धविराममा अमेरिकी राष्ट्रपति जो वाइडेन प्रशासन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सहकार्य भएको जनाइएको छ, यो युद्धविरामलाई विश्व भरबाट स्वागत गरिएको छ ।
संयुक्त राष्ट्र संघले सेवा र उद्धारका लागि ट्रकहरू तयार पारिएको जनाएको छ । युद्धविराम लागू हुने बितिकै थप सहायता ट्रकहरू गाजापट्टीमा प्रवेश गर्न सुरू गर्ने उसले जनाएको छ ।

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात बेपत्ता

अप्रिलमा पाकिस्तान र इरानबाट २ लाख ५० हजार बढी अफगानी शरणार्थीहरू घर फर्किए

ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

प्रतिक्रिया