डा. कोइरालाले बेलायतमा नेपाल हेर्ने संसदीय समितिका अध्यक्षसँग भनेः भुपु गोर्खा सैनिकको समाधान र ब्रिटिश एयरवेजको नेपाल सीधा उडान हुनुपर्छ

काठमाडौँ- बेलायत भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय संसदीय समितिको अध्यक्ष अलेक्स बेकरसँग भेटघाट गरेका छन् ।
बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय संसदीय समितिको अध्यक्ष अलेक्स बेकरसँग भेटघाट गरेका हुन् ।
उनले भेटघाटमा भुपु गोर्खा सैनिकहरूको सेवा सुविधा समस्याको समाधान हुनुपर्ने र ब्रिटिस एअरवेजको लण्डन - काठमाडौं सिधा हवाई उडान हुनुपर्ने माग राखेका छन् ।
कोइराला र क्लेभर्लीका बिच नेपाल-बेलायत सम्बन्ध, आपसी सहयोग जस्ता विषयमा कुराकानी भएको छ । कोइरालाले नेपालमा बेलायती सहयोगमार्फत बनेका आयोजनामा थप सहयोगका निम्ति आग्रह गरे ।
जलवायु परिवर्तनका कारण नेपाल संकटमा परेको कोइरालाले बताए । हिउँ पग्लेर हिमालहरु कुरुप बनिरहेका छन् । जलवायु परिवर्तनका कारण नेपालले जुन क्षती व्यहोरिरहेको छ त्यसका लागि नेपालले क्षेतिपुर्ती पाउँनुपर्ने र त्यसका लागि बेलायतले सहयोग गरिदिनुपर्छ।
बेकरले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गरिन । भेटघाटमा बेलायतका लागि कार्यबाहक राजदुत बिपिन दुवाडी पनि सहभागी थिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया