कांग्रेस बैठकमा गगन र विश्वप्रकाशले भने- अध्यादेश सहमतिमा ल्याएका हौं, यसमा थप चर्चा परिचर्चा नगरौं

काठमाडौँ- केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश सहमतिमा नै आएको जानकारी दिइएको छ ।
नेपाली कांग्रेसबाट ओली सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री र संसदीय दल कार्य समितिको बैठकमा कांग्रेस महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले उक्त बिफ्रिङ गरेका हुन् ।
‘बैठकमा अध्यादेशका बिषयमा पनि कुराकानी भयो, अध्यादेश ल्याएको जानकारी गराउनु भयो महामन्त्रीज्यूले, यसमा पोजिटिभ कुरा भयो, छलफल गरेरै अध्यादेश ल्याएकौं भने पछि यसमा थप चर्चा परिचर्चा नगरौं भन्नु भयो,’ बैठक पछि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जानकारी दिए ।
अध्यादेशबारेमा कांग्रेस भित्र मत मतान्तर देखा परे पछि सभापति देउवाले आज ओली सरकारमा प्रतिनिधित्व गर्ने १२ मन्त्री र संसदीय दल कार्यसमितिको बैठक बोलाएका थिए ।
जहाँ सभापति देउवाले गठबन्धनको मर्म अनुसार सरकार सञ्चालन गर्नु पर्ने भन्दै प्रधानमन्त्री ओलीको निर्देशन अनुसार काम गर्नका लागि सबैलाई निर्देशन दिएका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया