आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

बढ्यो सुनको भाउ

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १२ सय रुपैयाँले बढेर १ लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको छ। यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यता, बिहीबार चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेर १८ सय ८० रुपैयाँ कायम भएको छ। बुधबार भने चाँदीको भाउ प्रतितोला १८ सय ३० रुपैयाँ कायम रहेको थियो।