हमास-इजरायल युद्धविराम पछि दुवै देशमा जनस्तरबाट स्वागत

तेलअभिव- इजरायल र हमासले गाजामा युद्ध रोक्न सहमत भएका छन् ।
सो सहमति अनुसार हमासको नियन्त्रणमा रहेका रहेका इजरायली बन्धक र इजरायली हिरासतमा रहेका प्यालेस्टिनी बन्दीलाई रिहा गर्न पनि दुवै पक्ष सम्झौतामा सहमत भएका छन् ।
इजरायल र हमासबीच भएको सो सहमतिको अन्तर्राष्ट्रिय सहायता एजेन्सीहरूले स्वागत गरेका छन र गाजाको पुनर्निमाणमा सहयोग गर्ने प्रतिबद्ता पनि जनाएका छन् ।
प्यालेस्टिनी शरणार्थीहरूको लागि संयुक्त राष्ट्र एजेन्सीले युद्धको कारणले गर्दा पीडा कम गर्न गाजापट्टीमा द्रूत र निर्वाध मानवीय पहुँचको लागी आह्वान गरेको छ ।
तीन चरण सम्झौता आइतवारबाट लागु हुनेछ । तर, यसको धेरै विवरण र समयरेखा अस्पष्ट नै रहेको जनाइएको छ। जुन सहमतिलाई इजरायली मन्त्रिपरिषद्ले अनुमोदन गर्न बाँकी छ र प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सबै विवरणहरू अन्तिम नभएसम्म टिप्पणी नगर्ने बताएका छन् ।
सो सम्झौता बाइडेन र ट्रम्पको सचिवालयको सहयोग र सहकार्यमा अभूतपूर्व स्तरको मध्यस्थता गरिएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले वार्ता अस्थायी युद्धविरामभन्दा युद्धलाइ स्थायी रूपमा नै अन्त्य गरिनुपर्ने भएकाले दोस्रो चरणमा जाने बताएका छन् ।
हमास र इजरायलबीच युद्धविराम गर्नका लागि सहमति भएपछि प्यालेस्टाइन र इजरायलका जनताले सडकमा उत्रेर खुसियाली मनाएका छन् । उनीहरू पराम्परागत बाजा र प्ले कार्ड लिएर युद्धविरामको स्वागत गरेका छन् ।

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात बेपत्ता

अप्रिलमा पाकिस्तान र इरानबाट २ लाख ५० हजार बढी अफगानी शरणार्थीहरू घर फर्किए

ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

प्रतिक्रिया