जुम्लामा कुटपिट र जातीय विभेदको घटना मिलाउने प्रहरीको प्रयास
कुटपिट गर्ने वडाध्यक्षलाई बचाउने योजना

काठमाडौँ : वडाध्यक्षले कुटपिट गर्दै जातीय विभेद गरेको उजुरी लिन अस्वीकार गरेको जुम्ला प्रहरीले पीडित युवा विवेन्द्र नेपाली र वडाध्यक्ष कालीबहादुर बुढालाई छलफलका लागि बोलाएको छ । बुधबार नै पीडित युवा आफूमाथि जातीय विभेद भएको भन्दै उजुरी दर्ता गराउन जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।
तर उनको उजुरी लिन नमानेको प्रहरीले बिहीबार पीडित युवासँगै वडाध्यक्ष बुढालाई बिहान ११ बजे छलफलमा बोलाएको जुम्ला प्रहरीका डीएसपी दानबहादुर थापाले जानकारी दिए । दुवै पक्षलाई छलफलमा बोलाएर घटनाबारे वास्तविकता बुझेपछि मात्रै उजुरी लिन सकिने उनले बताए ।
उनले उजुरी लिन नमानेको विषय अस्वीकार गर्दै घटनाबारे बुझ्ने प्रयास भइरहेको बताए । छलफल बोलाएपछि घटनाबारे बुझेर मात्रै थप जानकारी दिन मिल्ने भन्दै उनी पन्छिए ।
‘घटनाबारे बुझ्ने हाम्रो काम हो । बुझ्दैछौँ’ उनले इकागजसँग टेलिफोनमा भने, ‘जातीय विभेद हो भनेपनि नियम कानुन सबै कुरा हुन्छ । हामीले छलफलमा बोलाएका छौँ । दुवै पक्षको कुरा सुनेपछि मात्रै थप भन्न मिल्छ ।’
तर पीडित युवाले प्रहरीले उजुरी लिन अस्वीकार गरेर आफूलाई झन विभेदमा पारेको बताएका छन् । सिँजा गाउँपालिकाका ६ का वडाध्यक्ष बुढाले फोनमा गालीगलौज, वडा कार्यालयमा बोलाएर कुटपिट गरेको पीडित युवाको आरोप छ । वडाध्यक्षका छोरा नवीन बुढाले पनि आफूमाथि कुटपिट गरेको पीडित युवाले बताएका छन् । स्थानीय दलित अधिकारकर्मीले युवालाई कुटपिट गर्ने र जातीय विभेदको गालीगलौज गर्ने वडाध्यक्ष बुढालाई बचाउन प्रहरीले घटना मिलाउन खोजिरहेको दाबी गरेका छन् ।

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

म्याग्दीमा रहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरामा गाभिदै

बिहीबारबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला हुने

पन्ध्र तोलाभन्दा बढी सुनका गहनासहित कोहलपुुरबाट छ जना पक्राउ

प्रतिक्रिया