संसद्का विपक्षी दलले आज संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौँ- संघीय संसदका विपक्षी ६ दलहरूले आज पत्रकार पत्रकार सम्मेलन गर्दैछन् ।
हिजो बसेको विपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै आज पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् ।
अध्यादेशबाट सरकार सञ्चालन गर्ने प्रवृत्ति देखिएको साझा निष्कर्ष निकाल्दै विपक्षी ६ दलको बैठकले चाँडोभन्दा चाँडो नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने समझदारी गरेका थिए ।
आजको पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुषालको २ सदस्सीय कार्यदल बनाएको छ। विपक्षीहरूको साझा धाराणा बनाउन ड्राफ्ट तयार गर्ने जिम्मेवारी उनीहरूलाई तोकेको थियो ।
आजको पत्रकार सम्मेलनमा विपक्षी दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भनिएको छ। समय र स्थानबारेमा भने खुलाइएको छैन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया