पीएम कप महिला क्रिकेट : एपिएफको लगातार दोस्रो जित

कैलाली - प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफ क्लब लगातार दोस्रो खेलमा विजयी भएको छ । आज भएको दोस्रो खेलमा साविक विजेता एपिएफले गण्डकी प्रदेशलाई आठ विकेटले हराएको हो ।
जितसँगै एपिएफ दुई खेलबाट चार अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा एपिएफले कर्णाली प्रदेशलाई १११ रनले हराएको थियो । गण्डकीको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा गण्डकी सुदूरपश्चिम प्रदेशसँग सात विकेटले पराजित भएको थियो ।
धनगढीस्थित फाप्ला मैदानमा गण्डकीले दिएको ७१ रनको लक्ष्य एपिएफले ९.३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । एपिएफका लागि कप्तान इन्दु बर्माले अविजित २६ रन बनाइन् । यस्तै ममता चौधरी १८ र रोमा थापाले अविजित १४ रन बनाइन् । बलिङतर्फ गण्डकीकी आकृति तिवारी र यशोदा भुजेलले समान एक विकेट लिइन् ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको गण्डकीले १५ ओभरमा पाँच विकेट गुमाउँदै ७० रन मात्रै बनाउन सक्यो । खराब मौसमका कारण खेल पाँच ओभर घटाइएको थियो । गण्डकीकी कप्तान सिर्जना पौडेलले सर्वाधिक २५ रन बनाइन् । यस्तै रेखा तामाङले १७ र श्रेया शाहीले १३ रन जोडिन् । बलिङतर्फ एपिएफकी बिनु बूढामगरले दुई विकेट लिइन् । उनी प्लेयर अफ दी म्याच घोषित भइन् ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया