ऐसेलुखर्क माविले मनायो आफ्नो ७७औं वार्षिकोत्सव
काठमाडौँ - ईन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री ऐसेलुखर्क माध्यमिक विद्यालयले ७७औं वार्षिकोत्सव विविध सांस्कृतिक कार्यक्रम गरेर मनाएको छ । २००४ सालमा स्थापना भई आज एक कार्यक्रमका बीच विद्यालयले वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले विद्यालयको उन्नति प्रगतिको कामना गर्दै ऐँसेलुखर्क एउटा छुट्टै पहिचान बनाएको विद्यालय भएको बताए । विद्यालयप्रति अभिभावकको चासो र उपस्थिति कम हुन थालेकोमा दुलालको गुनासो थियो । सपना र संभावना बिना लक्ष्यमा पुग्न नसकिने भन्दै दुलालले आफ्नो लक्ष्यमा जोड दिनुपर्ने बताए ।
शिक्षकहरूको अध्यापन क्षमतामा अभिवृद्धि गर्नुपर्ने उनको धारणा थियो । विद्यालयको कम्पाउन्डको व्यवस्थापनका लागि बजेट व्यवस्थापनको लागि सक्दो सहयोग गर्ने दुलालको प्रतिबद्धता गर्दै व्यवस्थापन समिति, शिक्षक र अभिभावक लाई गुणस्तरीय शिक्षा दिने संस्थाको रूपमा विद्यालय लाई चिनाउनु पर्ने उनको भनाइ थियो । ठूलो सपना र ठूलो लक्ष्य राख्न विद्यार्थीहरूलाई अनुरोध गर्दै देशको भविष्य विद्यार्थीको हातमा रहेको बताउँदै विद्यार्थीहरूलाई सकारात्मक भएर राष्ट्रवादी नागरिक रूपमा अघि बढ्न पूर्व मन्त्री दुलालले आग्रह गरे।
कार्यक्रमका विशेष अतिथि वडा नम्बर ५ का वडाध्यक्ष शशिनाथ आचार्यले निरंकुश जहानियाँ शासनको बीचमा स्कूल स्थापन गरि शिक्षा दिनुपर्ने अवस्थामा खुलेको विद्यालय आज यहाँसम्म आइपुगेकोमा खुशी व्यक्त गरे। वडाध्यक्ष आचार्य ले विद्यालयको भौतिक गुणस्तर शैक्षिक गुणस्तरको निम्ति आफूले सकेको सहयोग गर्ने बताउँदै यो विद्यालयका विद्यार्थीहरू निजामती सेवा, प्रशासन , राजनीति, कला क्षेत्र लगायत अग्र स्थानमा रहेको बताए । बालबालिकाको शिक्षामा लगानी गर्नुपर्नेमा वडा अध्यक्ष आचार्यको भनाई थियो।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मुना फाउन्डेसन नेपालका अध्यक्ष आशिष लामाले यस विद्यालयले उत्पादन गरेका विद्यार्थीहरू उच्च ओहदामा पुगेको बताए। लामाले यहाँ अध्ययन गरेका विद्यार्थीहरू उच्च ओहदामा मा पुगेर प्रशंसा बन्न लायक को काम गरेको मा खुशी व्यक्त गर्दै शिक्षा विनाको जीवन प्वाँख बिनाको चरा जस्तै भएको बताए।
विद्यालयले पूर्व शिक्षकहरू उमेश अधिकारी र विष्णु भट्टराईलाई बिदाइ तथा सम्मान पनि गरेको छ । साथै विद्यालयको खेलकुद सप्ताहमा उत्कृष्ट भएका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको छ ।
विद्यालयको वार्षिक प्रतिवेदन प्रधानाध्यापक सुरेशकृष्ण श्रेष्ठ ले प्रस्तुत गरेका थिए। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिना थापाको सभापतित्वमा सम्पन्न भएको थियो।

२१ वटा सामाजिक सञ्जालका एकाउन्टबाट ठगी गर्ने ७ जना पक्राउ

कतारबाट वैवाहिक जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

गणितको जादु : ‘अनम्याथ म्याथ टक’ कार्यक्रम हुने

सिड्स फर द फ्युचर, २०२५’को आवेदन खुला, उत्कृष्ट विद्यार्थी चिनमा हुने कार्यक्रमम…

वि. पी. स्मृति अस्पतालको फोहर रोक्का गरेर जरिवानाको पत्र : हानीकारक फोहर व्यव…

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

जगद्गुरु शंकराचार्य श्री विदुशेखर भारती महास्वामीजीको नेपाल आउँदै

प्रतिक्रिया