राष्ट्रपतिद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् । उनले क्यानडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौड्याललाई क्युवाका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।
यसैगरी, राष्ट्रपतिले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत धनबहादुर ओलीलाई गणतन्त्र भियतनाम र ब्राजिलका लागि नेपालका आवासीय राजदूत निर्मलराज काफ्लेलाई भेनेजुएलाका लागि गैरआवासीय राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले उनीहरुलाई आज उक्त पदमा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

जनआकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको छः मन्त्री भण्डारी

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

राजदूत रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी

प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिकाबारे छलफल

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

प्रतिक्रिया