प्रदेश प्रमुख देवकोटाद्वारा भूकम्प सुरक्षा दिवसको शुभकामना

बागमती- बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भूकम्पको सम्भावित क्षतिबारे आत्तिनुभन्दा सुरक्षात्मक उपाय अपनाउनुपर्ने बताएका छन्। सत्ताइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०८१ का अवसरमा जारी शुभकामना सन्देशमा उनले भूकम्पीय सचेतना र सुरक्षाको महत्वलाई आम समुदायसमक्ष पु¥याउन आवश्यक छ भने ।
विसं १९९० माघ २ गतेको विनाशकारी भूकम्पको सम्झनामा मनाइने यो दिवसले नागरिकमा सचेतना अभिवृद्धि गर्न सहयोग पुर्याउने विश्वासका साथ प्रदेश प्रमुख देवकोटाले शुभकामना व्यक्त गरेका हुन्। यस वर्षको दिवस ‘भूकम्पले सिकाएको पाठः बलिया संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नारासहित मनाइँदैछ।
सन्देशमा भूकम्प प्राकृतिक प्रकोप भएकाले यसलाई रोक्न नसकिने तर सुरक्षित संरचना, सावधानी र पूर्वतयारीका उपाय अपनाएर यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सकिने उल्लेख छ । “हामीले बलिया र सुरक्षित संरचना निर्माणमा ध्यान दिनुका साथै सम्भावित क्षतिलाई न्यून गर्न पूर्वसावधानी र प्रतिकार्यका उपाय अपनाउनुपर्छ”, सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

जनआकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको छः मन्त्री भण्डारी

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

राजदूत रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी

प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिकाबारे छलफल

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

प्रतिक्रिया