बेलायती लेखकमाथी ८ महिलाले लगाए यौन उत्पीडनको आरोप

लन्डन- बेलायतका प्रसिद्द लेखक नील गैमनमाथि आठ महिलाले यौन उत्पीडनको आरोप लगाएका छन् ।
हालै केही महिलाले नीलले गरेको शारीरिक दुव्र्यवहारको जानकारी न्यूयोर्क म्यागजिनको लेखमा सेयर गरेका छन् । यसअघि सन् २०२४ मा पनि केही महिलाले लेखकमाथि यौन शोषणको आरोप लगाएका थिए ।
जानकारीका अनुसार नीलको ‘द स्यान्डम्यान’ र ‘कोरलाइन’ जस्ता चर्चित पुस्तकका कारण देश र विश्वमा छुट्टै पहिचान रहेको छ । नीलले फ्यान्टेसी, कमिक्स र पटकथा लेखनमा आफ्नो प्रभावशाली कामका लागि धेरै अवार्ड पनि प्राप्त गरिसकेका छन् ।
बेलायती सञ्चारमाध्यमका अनुसार ६४ वर्षीय लेखकलाई उनका छोराकी पूर्व नानीसहित ८ महिलाले उत्पीडन र यौन शोषणको आरोप लगाएका छन्, जसका कारण सामाजिक सञ्जालमा मानिसहरूले उनको आलोचना गरिरहेका छन् ।
जानकारीका अनुसार नीलको जन्म १० नोभेम्बर १९६० मा इङ्ल्यान्डको ह्याम्पशायर शहरमा भएको थियो । उनले आफ्नो प्राथमिक शिक्षा सहरको फन्टहिल स्कूलबाट प्राप्त गरेका थिए। त्यसपछि उनी अर्डिङ्गली कलेज गए । पढाइ पूरा गरेपछि उनले १९८० को दशकमा पत्रकारिता पनि पढेका थिए ।
उनलाई सुरुदेखि नै कथा सुनाउन मन लाग्थ्यो । उनी आफ्नो समयका साहित्यिक प्रतीकहरू जस्तै मेरी शेली, एडगर एलन पो, र रोजर जेलाज्नीबाट प्रभावित थिए ।
बेलायती मिडियाका अनुसार उनका छोराकी पूर्व नानी स्कारलेट पाभलोविचले पनि उनीमाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् । पाभलोभिचले आरोप लगाए कि नीलले उनलाई काममा हुँदा उनको घरमा धेरै पटक यौन आक्रमण गरेका थिए । सन २०२२ मा जब उनले नीलको घरमा काम गर्न थालेकी थिइन्, एक पटक जब उनकी श्रीमतीले बच्चा पाएकी थिइन, नील गैमनले उनीसँग बाथटबमा लगे र उनलाई शारीरिक कुटपिट गरी यौन शोषण गरेका थिए ।

लाहोरबाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि...

इमरान खानलाई छुटाउन पाकिस्तानी विपक्षी दलले अगस्ट ५ मा आन्दोलन गर्ने

इजरायली हमलाबाट इरानी राष्ट्रपति घाइते भएको खुलासा

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्ने : इर…

बालुवा, धुलोको आँधीले विश्वव्यापी ३३ करोड मानिसमा असर, वार्षिक ७० लाखको अका…

अमेरिकी करप्रति युरोपेली संघको जवाफी कदम अस्थायी रूपमा स्थगित, सम्झौताको प्रय…

यमनमा पुनः फैलिँदै पोलियो, खोप अभियान सुरु

प्रतिक्रिया