युरो र कोपा अमेरिकाका खेलमा सट्टेबाजी खेलाउने पक्राउ

गण्डकी : युरोप र दक्षिण अमेरिकामा भइरहेको युरो २०२० र कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने एकलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले अनलाइन (भाइबर, ह्वाट्सएप) मार्फत सट्टेबाजी गराइरहेको अवस्थामा पोखरा महानगरपालिका-६ लेकसाइडस्थित एक होटलबाट पोखरा-२७ तालचोकका १८ वर्षीय सुलभ सुवेदीलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता प्रनाउ सुवास हमालले बुधबार जानकारी दिए ।
निजलाई सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत सट्टेबाजी गर्न नहुने कसुरमा सातदिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको र घटनामा संलग्न अन्य व्यक्तिको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । रासस

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार

पर्यटक र पूर्वाधार कुरेर बसेको लाखेत

प्रतिक्रिया