नेपालको राजनीतिमा देखिएको विकृति र विसंगतिलाई अन्त्य गर्दै अघि बढ्नुपर्छ - अध्यक्ष नेपाल

काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालको राजनीतिमा देखिएको विकृति र विसंगतिलाई अन्त्य गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।
एकीकृत समाजवादी सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको ४१ औं पिस्कर स्मृति कार्यक्रममा अध्यक्ष नेपालले विगतका गल्तीको सबैले समीक्षा गर्दै राजनीतिमा देखिएको विकृति र विसंगतिलाई अन्त्य गर्नुपर्ने बताएका हुन् ।
कम्युनिस्ट पार्टीका नेताले पटक पटक मुलुक सञ्चालन गरेपनि जनता सन्तुष्ट हुन नसकेको उनले बताए । अध्यक्ष नेपालले पञ्चायती व्यवस्था र राजतन्त्रका साथै ठूला–ठूला द्वन्द्वहरु समाधान गरेकाले नेपालीहरूले आफूलाई कमजोर ठान्नुपर्ने अवस्था नरहेको धारणा राखे । पाँच हजार वर्ष पुरानो देश नेपाललाई अघि बढाउने जिम्मेवारी सवैको रहेको उनको भनाइ छ । उनले अन्तराष्ट्रिय साम्राज्यवाद र घरेलु प्रतिक्रियावादका विरुद्ध निरन्तर लड्नुपर्नेमा जोड दिए ।
अध्यक्ष नेपालले आफ्नो पार्टीले बेठीक कुराको विरोध र सहि कुराको समर्थन गर्दै न्यायको पक्षमा आवाज उठाउने धारणा राखे । उनले पिस्कर दमन र प्रतिरोधको कथा भएको स्मरण गरे । निरंकुश व्यवस्था विरुद्ध संघर्षको विगुल फुकेका योद्धाले २०४० साल माघ १ गते सिन्धुपाल्चोकको पिस्करमा सहादत प्राप्त गरेको दिनलाई पिस्कर स्मृतिका रुपमा मनाउने गरिन्छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया