सिरहा र सप्तरीमा धान उत्पादनमा वृद्धि

लहान : सिरहा र सप्तरीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमा वर्षा भएको, मौसम अनुकूल भएको र रोग किराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो । यस वर्ष सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन मेट्रिक टनका दरले एक लाख ६२ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र सिरहाका निमित्त प्रमुख किसुनदेव यादवले जानकारी दिए ।
यस्तै सप्तरीमा ६३ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन मेट्रिक टनका दरले एक लाख ८९ हजार मेट्रिक टन धान उत्पादन भएको निमित्त प्रमुख यादवले बताए । गत वर्ष प्रतिहेक्टर दुई दशमलव ४५ मेट्रिकका दरले धान उत्पादन भएको थियो ।
यस वर्ष मौसम अनुकूल भएको, रोगकिराको प्रकोप कम भएको र समयमै पर्याप्त वर्षा भएकाले धान उत्पादन बढेको उहाँको भनाइ छ । सिरहामा सोना मन्सुरी, कान्छी, राधा १२, सावित्री, रामधान, मन्सुली, हर्दिनाथ, तरहरा-१, सुगा-३ स्थानीय वास्मतीलगायतको धान व्यापकरूपमा लगाउने गरिएको छ । (रासस)

मधेसमा स्वास्थ्य बिमा गराउने साढे सात लाख बढी
लगातारको वर्षाले तराईका किसानमा रोपो जाग्ने आश

लहानमा ट्याङ्कीबाट खानेपानी वितरण सुरु

सिरहाका किसानको आशाः कमला र खुट्टीखोला नहर

मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही

धारिलो हतियार प्रयोग गरी बालिकाको हत्या

अनलाइन नागरिकता सिफारिस प्रणालीले घट्यो सेवाग्राहीको चाप
_j0pHGa9OqC_z0sfjwqxuvlbjkopkitgu6vlfl7hptuivphdr9h0ovej1ikmzzv055zyfep3_EGbUl3Yakh_pmi6wawzfj5tll0oxjy4gidjmw8uosekehhrmsw1arakkayo39awspjv4uiy.jpg)
प्रतिक्रिया