जुम्लामा वडाध्यक्षद्वारा दलित युवामाथि कुटपिट र जातीय विभेद
प्रहरीले उजुरी दर्ता नगरेपछि पीडित युवा अन्यायमा

काठमाडौँ : जुम्लामा दलित युवामाथि कुटपिट र जातीय विभेदको घटना सार्वजनिक भएको छ । जुम्लाको सिँजा गाउँपालिका ६ का वडाध्यक्ष कालीबहादुर बुढाले स्थानीय दलित युवा बिवेन्द्र नेपालीमाथि जातीय गालीगलौज र कुटपिट गरेका पीडितले बताएका छन् ।
असार ६ गते वडाध्यक्ष बुढाले गाउँमा खानेपानीको योजना आएको भन्दै घर घरमा खानेपानी पुगेको दाबी गरेपछि स्थानीयले विरोध गरेका थिए । सोही क्रममा विरोध गर्दा वडाध्यक्ष बुढाले दलित युवा नेपालीलाई फोन नै गरेर जातीय गालीगलौज गरेका थिए ।
उनले कुकुर भन्दै नेपालीलाई जातीय गालीगलौज गरेको अडियो नै सार्वजनिक भएको छ । त्यसपछि स्थानीयको सक्रियतामा घटना मिलाउन भन्दै वडा कार्यालयमा बैठक समेत राखियो । असार ८ गते राखिएको विवाद समाधान बैठकमा सबैका सामु वडाध्यक्ष बुढाले नेपालीमाथि जातीय गालीगलौजका साथै कुटपिट गरेको पीडित युवाले बताएका छन् ।
उनका अनुसार वडाध्यक्षले कुकुर भनेर विभेद गर्दै गालीगलौज गरेको र वडाध्यक्षका छोरा नवीन बुढाले कुटपिट गरेका थिए । दुई जनाबीच झगडा परेपछि स्थानीयले छुटाएर घर पठाएका थिए । आफूमाथि सार्वजनिक ठाउँमा जातीय विभेद र कुटपिट भएपछि पीडित युवा उजुरी लिएर जिल्ला प्रहरी कार्यालय जुम्ला पुगेका थिए । तर प्रहरीले प्रमाण नपुगेको भन्दै उजुरी दर्ता गर्न नमानेपछि पीडित युवाले पत्रकारसँग गुनासो राखेपछि घटना बाहिर आएको हो ।
यसबारे आफूले राष्ट्रिय मानवअधिकार आयोग र दलित आयोगमा जानकारी गराएको पनि उनले बताएका छन् । तर जवाफ नआएपछि आफू अन्यायमा परेको उनले बताएका छन् । यसबारे वडाध्यक्ष बुढा र जिल्ला प्रहरी कार्यालय जुम्लामा सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन ।
काठमाडौँमा पत्रकार तथा कलाकार रुपा सुनारमाथि कोठा नपाएको विषयमा जातीय विभेद हुँदा जुम्लामा दलित युवामाथि कुटपिट र जातीय गालीगलौज भएको घटना सार्वजनिक भएको हो ।
पीडित युवामाथि भएको जातीय विभेदका उजुरी

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

म्याग्दीमा रहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरामा गाभिदै

बिहीबारबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला हुने

पन्ध्र तोलाभन्दा बढी सुनका गहनासहित कोहलपुुरबाट छ जना पक्राउ

प्रतिक्रिया