एपीएफ र संकटा बराबरीमा रोकिए

काठमाडौं - संकटा क्लब र नेपाल एपिएफ क्लब बराबरीमा रोकिएका छन् ।
एन्फा यु–१६ को लिगमा सोमबार भएको खेलमा दुवै टिम १–१ को बराबरीमा रोकिएका हुन् ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एपिएफका लागि उत्सव थापा र संकटाका लागि पेम्बा तामाङले एक एक गोल गरेर खेल बराबरीमा रोकेका हुन् ।
खेलको पहिलो हाफको २८औं मिनेटमा उत्सवको गोलमार्फत एपिएफले अग्रता लिएको थियो भने दोस्रो हाफको ७०औं मिनेटमा पेम्बाले जवाफी गोल गर्दै संकटालाई खेललाइ बराबरीमा ल्याएका थिए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन ।
यो जीतसँग एपिएफले ४ खेलबाट ८ अंक जोडेको छ भने संकटाको समान खेलबाट ५ अंकमा सीमित भएको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया