मच्छिन्द्रलाई हराउँदै पुलिस विजयी

काठमाडौं - एन्फा यु १६ युथ लिगमा नेपाल पुलिस क्लब विजयी भएको छ ।
विभागीय टोली नेपाल पुलिस क्लबले सोमबार मछिन्द्र फुटबल क्लब विरुद्ध २–१ को रोमाञ्चक जित दर्ता गरेको हो ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा पुलिसलाई जित दिलाउन समीर राई र नसीब हेन्जनले गोल गरेका थिए भने मछिन्द्रका लागि सौगातकुमार बोम्जनले जवाफी गोल गरेका थिए ।
खेलको पहिलो हाफमा २४औं मिनेटमा सौगातको गोलमार्फत मछिन्द्रले अग्रता लिए पनि खेलको ४८औं मिनेटमा समीरले पुलिसका लागि बराबरी गोल फर्काएका थिए ।
साथै, नसीवले ५८औं मिनेटमा गोल गर्दा पुलिस २–१ ले अगाडि बढ्न सफल भयो ।
जितसँगै पुलिसले तीन खेलमा सात अंक जोडन सफल भएको छ भने पराजित मछिन्द्रको समान खेलबाट ६ अंकमा सीमित रहेको छ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया