नेपाल र जापानबीचको दशकौँ पुरानो मित्रतालाई अझ सुदृढ बनाउने राजदूत तोरुको प्रतिबद्धता

काठमाडौं - नेपालका लागि जापानका नवनियुक्त राजदूत माएदा तोरु नेपाल आइपुगेका छन्। उनी ९ जनवरी २०२५ मा नेपाल आइपुगेका हुन् । आफ्नो कार्यभार ग्रहण गर्दै उनले नेपाल र जापानबीचको दशकौँ पुरानो मित्रतालाई अझ सुदृढ बनाउने आफ्नो प्रतिबद्धता व्यक्त गरे ।
नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध १९५६ मा स्थापना भएपनि दुई देशबीचको जनस्तरीय सम्बन्ध यसभन्दा पुरानो छ। राजदूत माएदाले १८९९ मा जापानी भिक्षु कावागुची एकाईले नेपाल भ्रमण गरेको र १९०२ मा पहिलो पटक आठ नेपाली विद्यार्थी जापान पठाइएको ऐतिहासिक सम्बन्धलाई स्मरण गरे।
उनले नेपालमा जापानले पूर्वाधार, कृषि र शिक्षा जस्ता क्षेत्रमा गरेको योगदानको चर्चा गर्दै नेपाल र जापानबीच भौगोलिक समानता र प्राकृतिक प्रकोपको चुनौती साझा रहेको बताए। उनले जापानको प्रकोप व्यवस्थापन र प्रविधि प्रयोग गरी नेपालको विकासमा सहयोग पुर्याउने आफ्नो प्रयास रहने बताए।
माएदाले २०२६ मा जापान-नेपाल कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव मनाउने क्रममा द्विपक्षीय सहयोग अझ मजबुत बनाउने प्रतिबद्धता जनाए।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया