‘पुरातात्विक स्थलको संरक्षण राज्यको दायित्त्व
चितवन- बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले पुरातात्विकस्थलको संरक्षण राज्यको दायित्व भएको बताएका छन् ।
आज बिहान भरतपुर महानगरपालिका–१ मा रहेको बागिश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमको अवलोकन निरीक्षणपछि उनले प्राकृतिक तथा पुरातात्विकस्थलहरुको संरक्षण गर्न सकेमा मात्रै नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गर्न सकिने बताए ।
उनले भने, “पुरातात्विक वस्तुको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ, सोही अनुसार पुरातात्विकस्थलको निरीक्षण अनुगमन गरिरहेका छौँ ।”
उनले त्यस अवसरमा सोही स्थानमा रहेको प्राकृतिक चिकित्सालय, समावेशी गुरुकुल र गौशालाको निरीक्षण गर्नुभएको थियो । आश्रमका अध्यक्ष शैलेन्द्र पिया र महासचिव अशोक पोखरेलले आश्रमसहितका विभिन्न संरचनाबारे जानकारी गराएका थिए । उनले आश्रमका लागि प्रदेश सरकारले सहयोग गरे अझै व्यवस्थित बनाउँदै लैजान सहज हुने बताए ।
अनुगमनका क्रममा बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्ण सिलवाल, बागमती प्रदेशका सदस्यहरू उत्तम जोशी, गीता गुरुङलगायतको सहभागिता थियो । –

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया