ओली र नेपालबीचको ‘वान टु वान’ वार्ता निष्कर्षविहीन
काठमाडौँ : सत्तारुढ दल नेकपा एमालेको विवाद समाधानका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता विनानिष्कर्ष सकिएको छ । नक्सालस्थित होटल म्यारियटमा भएको वार्ता विना निष्कर्ष सकिएको हो ।
अध्यक्ष ओलीका तर्फबाट दोस्रो तहका नेताहरू ईश्वर पोखरेल र विष्णु पौडेल तथा वरिष्ठ नेता नेपाल तर्फका भीम रावल र सुरेन्द्र पाण्डेसहित भएको वार्ता विनानिष्कर्ष सकिएको हो ।
बैठकपछि अध्यक्ष ओली र नेता नेपाल सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया नदिई बाहिरिए । उनीहरू सञ्चारकर्मीको आग्रहलाई बेवास्ता गर्दै बाहिरिएका थिए ।
वार्ता अन्य नेताहरू सहभागी भए पनि ओली र नेपालबीच ‘वान टु वान’ वार्ता भएको वार्तामा सहभागी नेता पाण्डेले जानकारी दिए । ‘हामी यहाँ आए पनि उहाँहरूबीच वान टु वान वार्ता भयो । सकारात्मक छ । सहमति भइसकेको छैन,’ पाण्डेले वार्तापछि सञ्चारकर्मीहरूसँग भने । उनले भोलि कार्यदल बसेर पुनः सहमतिको प्रयास गर्ने बताए ।
वार्तामा सहभागी नेता भीम रावलले पार्टीभित्रको विवाद समाधान कसरी गर्ने भन्ने विषयमा पार्टी शीर्ष नेताहरूबीच भएको कुराकानी सकारात्मक रहेको प्रतिक्रिया दिए । ‘शीर्ष नेताबीच एकतालाई कसरी अगाडि बढाउने, सकारात्मक परिणाममा कसरी लैजाने भन्ने विषयमा छलफल भयो,’ रावलले भने, ‘पुनः यससम्बन्धमा कुराकानी हुनेछ । विभिन्न समस्यामा गम्भीर कुराकानी गर्नु पर्नेछ । कार्यदलमा पनि छलफल जारी छ । अझै मिलाउने प्रयासमा छौं । मिलिसकेको छैन ।’
पार्टी विवाद समाधानका लागि गठित कार्यदलको बुधबार दिउँसो सिंहदरबारमा बसेको बैठकले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच छलफल गरेर विवाद समाधानको मस्यौदालाई अन्तिम रूप दिने निर्णय गरेको थियो । त्यही निर्णय बमोजिम साँझ ओली र नेपालबीच भेट भएको हो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया