काँग्रेसले भन्यो - गठबन्धनको सरकारकाबारे अन्योल सृजना गर्नेलाई कानुनी दायरामा ल्याउन माग गर्छौ

काठमाडौं - नेपाली काँग्रेसले सभापति शेर बहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य विभिन्न सामाजिक सन्जालहरूमा सम्प्रेषित भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छ । आज एक विज्ञप्ति जारी गर्दै काँग्रेसले हतास मनस्थितिबाट गरिएका यस्ता घृणित कार्यको निन्दा गरेको छ । सभापति देउवाको नामबाट अध्यादेश सम्बन्धमा मिथ्या प्रेस विज्ञप्ति सामाजिक सञ्जालमा देखिएपछि कांग्रेसले विज्ञप्ति नै जारी गर्नु परेको हो ।
'नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धनको सरकारका बारे अन्योल सृजना गरी नेपाली जनतालाई दिग्भ्रमित गर्ने कुत्सित मनसायबाट नेपाली कांग्रेस पार्टी सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य विभिन्न सामाजिक सन्जालहरूमा सम्प्रेषित भएकोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ', काँग्रेस मुख्यसचिवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
त्यस्ता गैरकानुनी कार्यमा संलग्न जो कसैलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग कांग्रेस जोडदार माग गरेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया