शाहरुख र गौरीसँग मात्रै 'ह्याङ्ग आउट' गर्थिन् मनिषा कोइराला
मुम्बई- मनिषा कोइरालाले ९० को दशकमा फिल्मी पर्दामा हलचल मच्चाएकी थिइन्, उनको आकर्षण आज पनि उत्तिकै कायमै छ ।
हालैको एक अन्तर्वार्तामा मनिषा कोइरालाले शाहरुख खान र आफ्नो सुरुवाती दिनको बारेमा खुलेर कुरा गरेकी छिन् । मनिषाले भनिन्, ‘जब शाहरुख स्टार बनेका थिएनन् र माउन्ट मेरी अपार्टमेन्टमा बस्थे, त्यो बेला कस्तो वातावरण थियो त ?’ उनले सो कुरा बताएकी छिन् ।
मनिषा कोइरालाले सन् १९९८ मा शाहरुखसँग फिल्म ‘दिल से’ मा काम गरेकी थिइन् । शाहरुखसँगको आफ्नो सम्बन्धबारे ‘पिंकभिल्ला’सँग कुरा गर्दै मनिषाले दुवै जना फिल्ममा नयाँ हुँदाको बखतमा आफूले उनीसँग पहिलोपटक भेट भएको बताइन् । मनिषाका अनुसार उनी शाहरुख र गौरीसँग मात्रै ह्याङ्ग आउट गर्थिन्, शाहरुख त्यतिबेला माउन्ट मेरी अपार्टमेन्टमा बस्न गर्दथे ।
मनिषा कोइरालाले भनिन्, ‘शाहरुख मेरो फिल्म करिअरको सुरूवाती देखिको साथी हुन् । मेरो सबै सामान लिएर उनको माउन्ट मेरी अपार्टमेन्टमा गएको याद छ, उनको फ्ल्याटको भुइँमा चटाई बिछ्याइएको थियो । हामी सबै त्यसमा बसेर गफ गर्थ्यौं ।’ मनिषाले यो पनि बताइन् कि शाहरुख नै पहिलो व्यक्ति थिए, जसले मनिषालाई आफ्नै घर किन्न सल्लाह दिएका थिए । अभिनेत्रीका अनुसार उनलाई यो सल्लाह दिने पहिलो व्यक्ति शाहरुख हुन् ।
प्रोफेशनल फ्रन्टको कुरा गर्दा मनिषा कोइराला सन् २०२४ मा सञ्जय लीला भन्सालीको सिरिज ‘हिरामाण्डीः द डायमण्ड बजार’ मा देखिएकी थिइन् । अब उनी यसको दोस्रो सिजनमा पनि देखिने छिन्, जसको छायांकन छिट्टै सुरु हुँदैछ । शाहरुख खान भने अभिषेक बच्चनसँगै छोरी सुहानाको मुख्य भूमिका रहेको ‘किंग’मा व्यस्त रहेका छन् ।

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, 'आत्मिक प्रतिक्रियालाई शब्दम…

रेड २ बन्यो यो वर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

प्रतिक्रिया