‘पत्रकारितालाई मर्यादित बनाउँदै सत्यतथ्य सूचना प्रवाह गर्न आवश्यक छ’

कास्की - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पत्रकारितालाई मर्यादित बनाउँदै सत्यतथ्य सूचना प्रवाह गर्न सुझाव दिएका छन् ।
आज पोखरामा आयोजित प्रेस सेन्टर नेपाल कास्की शाखाको छैटौँ जिल्ला अधिवेशनमा उनले राजनीति धमिलो भएको अवस्थामा जिम्मेवार र निष्ठावान् पत्रकारिता आवश्यक पर्ने भएकाले सोहीअनुसार भूमिका निर्वाह गर्न आग्रह गरे ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सञ्चारकर्मीले सधैँ सुशासन, राष्ट्रिय स्वाधीनता र जनहितमा कलम चलाउन आग्रह गरे । “पत्रकारिता समाजलाई सही बाटोमा डोर्याउने खालको हुनुपर्छ । गलत गर्ने जो कोहीका विषयमा पनि कलम चलाउन छोड्नु हुन्न”, उनले भने,“पछिल्लो समय राजनीतिक भ्रष्टीकरण बढेकाले यसलाई सही बाटोमा ल्याउन पनि पत्रकारका भूमिका महत्वपूर्ण हुने भएकाले यसतर्फ ध्यान दिन आवश्यक छ ।”
पूर्वउपप्रधानान्त्री श्रेष्ठले देश विकास हुन नसक्नुको मूल कारण राजनीति नै भएकाले राजनीतिलाई सङ्लो बनाउन आवश्यक भएको धारणा राखे ।
नेपाल पत्रकर महसंघका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारी, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञवालीलगायतले श्रम अधिकार र पत्रकारिताका विविध पक्षबारे धारणा राखे ।
प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पत्रकार दीपक परियारलाई थमन परियार स्मृति पत्रकारिता पुरस्कारद्वारा सम्मान गरिएको थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया