सरकार सर्वसत्तावादतर्फ उन्मुख - अध्यक्ष लिङ्देन

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको टिप्पणी गरेका छन् ।
पृथ्वीनारायण शाहको ३०३ औं जन्मयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार काठमाडौंको भृकुटिमण्डपमा जलपान कार्यक्रमको आयोजना गर्दै लिङ्देनले नियमित रुपमा बोलाउनुपर्ने संसद नबोलाएर अध्यादेश ल्याउने कामले सरकार सर्वसत्तावादतर्फउन्मुख देखिएको टिप्पणी गरेका हुन् ।
देशलाई अध्यादेशको बाटोतर्फ लैजानुले सरकारको नियत स्पष्ट भएको उनले बताए । लिङ्देनले सरकारले बहुदलीय व्यवस्था र प्रजातन्त्र समेत मास्न खोजेको आरोप लगाउदै शसक्त प्रतिवाद गर्ने बताए ।
त्यस्तै उनले राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिनु उपलब्धिपूर्ण रहेको भन्दै अर्को वर्ष सरकार आफैले दिवस मनाउनुपर्ने सुझाव दिए । जलपान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, सरकारका मन्त्रीहरू, विभिन्न दलका नेता कार्यकर्ता तथा शुभेच्छुक लगाएतको उपस्थिति रहेको थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया