बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

संसदको अधिवेशन चाँडै आह्वान हुने सभामुखको विश्वास

फाइल फाेटाे

काठमाडौँ - प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीयको संसदको अधिवेशन चाडै आह्वान हुने विश्वास व्यक्त गरेका छन् । 

३०३ औँ पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपा नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको चियापन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले संघीयको संसदको अधिवेशन बस्ने समय भइसकेको भन्दै चाडै अधिवेशन आह्वान हुने विश्वास व्यक्त गरे । सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको अध्यादेश बाहिर आइ नसकेकाले जानकारी नभएको उनले बताए । 

त्यस्तै उनले पृथ्वी नारायण शाहले एकीकरण गरेकाले नेपाल अस्तित्वमा रहेको भन्दै नेपाललाई थप एकताबद्ध बनाएर प्रगतितर्फ लाग्नुपर्ने उल्लेख गरे ।