वामपन्थी, कम्युनिस्टहरूलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको छ- अध्यक्ष नेपाल

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय तथा जनजिविकाका विषयलाई उचित ढंगले अघि बढाउन आन्दोलनमार्फत राज्यलाई दबाब दिने बताएका छन् ।
शनिबार ललितपुरमा समाजवादी ललितपुर जिल्ला कमिटीको आठौ अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले वामपन्थी, कम्युनिस्टहरूलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको भन्दै सबैलाई एकतावद्ध गरेर राष्ट्रियता, जनजिविका लगाएतका बिषयलाई उचित ढंगले अघि बढाउन राज्यलाई दबाब दिने बताए ।
अध्यक्ष नेपालले समाजवादी मोर्चालाई क्रियाशिल बनाएर समाजवादी, वामपन्थी, कम्युनिस्टहरूलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको धारणा राखे ।
उहाले बिचार मिले सँगै अघि बढ्न सकिने र बिचार मिल्न बाकी रहे सहकार्य गर्न सकिने उल्लेख गरे । सत्ताको फेरबदलसंगै समाजवादी मोर्चा सक्रिय ढंगले अघि बढ्न नसकेकाले पुन सक्रिय बनाउन खोजेको उनले बताए ।
अध्यक्ष नेपालले राजनीतिमा निकै महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै आगामी दिनमा निराश नभइ महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरि लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया